यथास्थितिलाई संरक्षण गर्न हुँदैन, जनताको नेतृत्व गर्नेले उखालेर फ्याँक्नुपर्छ: विप्लव – Nepal Press

यथास्थितिलाई संरक्षण गर्न हुँदैन, जनताको नेतृत्व गर्नेले उखालेर फ्याँक्नुपर्छ: विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सिंगो समाजवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले समाजवादको यात्रा तय गर्ने आधारबारे छलफल गरेर अघि बढ्न ढिलाइ गर्न नहुने बताए ।

महासचिव विप्लवले भने, ‘हरेक परिवर्तन निश्चित ठाउँमा पुगेपछि यथास्थितिमा बदलिन्छ । त्यसले जनताको नेतृत्व गर्न सकेन भने त्यसलाई उखालेर फ्याँक्ने स्थिति आउँछ । त्यसैले यथास्थितिलाई हामीले संरक्षण गर्न हुँदैन ।’

नेकपा एस ऐतिहासिक भूमिका पूरा गरेर आएका व्यक्तित्वहरुको पार्टी भएको उनले बताए ।

उनले थपे, ‘यहाँ माधव नेपाल र झलनाथ कमरेड हुनुहुन्छ । सायद दुई वटा पूर्वप्रधानमन्त्री भएको पार्टी पनि यही होला । यो ऐतिहासिक भूमिका पूरा गरेर आएका व्यक्तित्वहरुको पार्टी पनि हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर