उपेन्द्रको अगाडि अशोक राईले भने- यो महाधिवेशन मित्रमिलन जस्तै लागिरहेको छ – Nepal Press

उपेन्द्रको अगाडि अशोक राईले भने- यो महाधिवेशन मित्रमिलन जस्तै लागिरहेको छ

काठमाडौं । जसपाका अध्यक्ष अशोक राईले नेकपा एसको राष्ट्रिय महाधिवेशन मित्रभेट जस्तो लागेको बताएका छन् ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै ११/१२ वर्ष सँगै काम गरेको नेताहरू भेट गर्न पाइएको बताए ।

उनले जसपा नेपालको अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भएको कार्यक्रममा उनले भने, ‘मलाई यो महाधिवेशन मित्रमिलन जस्तो पनि लागिरहेको छ । ११/१२ वर्षसम्म सँगै काम गरेका धेरै नेता र साथीहरूसँग आज देखाभेट हुने अवसर परेको छ ।’

राईले हालै उपेन्द्र नेतृत्वको पार्टीबाट विद्रोह गरेर जसपा गठन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर