ओलीले स्वेच्छाचारी ढंगले संसद विघटन गर्दा माधवजीले विद्रोह गरेर जोगाउनुभयो : उपेन्द्र यादव – Nepal Press

ओलीले स्वेच्छाचारी ढंगले संसद विघटन गर्दा माधवजीले विद्रोह गरेर जोगाउनुभयो : उपेन्द्र यादव

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वच्छाचारी ढंगले संसद विघटन गरेपछि व्यवस्थाको रक्षा गर्नको लागि माधव नेपालले विद्रोह गरेर महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगिएको बताए ।

उनले भने, ‘अहिले मुलुक जटिलतामा छ, संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगिएको छ, यसमा कमरेड माधवजी यो पार्टीको ठूलो योगदान छ । जुन बेलामा संसदलाई असंवैधानिक दुईदुई पटक भंग गरेर मुलुकलाई स्वेच्छाचारी शासनतर्फ धकलिँदै गरेको थियो । त्यो बेलामा लोकतन्त्र रक्षा गर्नको लागि प्राप्त अधिकार जोगाउनको लागि आवश्यक थियो । त्यो आवश्यकता परेको बेलामा यहाँहरुले विद्रोह गर्नुभयो र व्यवस्था जोगाउन महत्वपूर्ण भूमिका खेल्नुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर