प्रत्यक्ष र समानुपातिक सांसदलाई एकै ठाउँ राखेर संसद प्रभावकारी बन्दैन : पूर्वसभामुख ढुंगाना (भिडिओ) – Nepal Press

प्रत्यक्ष र समानुपातिक सांसदलाई एकै ठाउँ राखेर संसद प्रभावकारी बन्दैन : पूर्वसभामुख ढुंगाना (भिडिओ)

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरुलाई एउटै संसदमा राखेर संसद प्रभावकारी बन्न नसक्ने बताएका छन् ।

आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समावेशिता वर्तमान संविधानको सबैभन्दा राम्रो पक्ष भएको बताउँदै समावेशिता कहाँ राख्ने भन्नेकुराको यकिन हुन आवश्यक रहेको बताए ।

उनले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा बराबर समावेशी सदस्यहरु भएको संसद बराबर हुनै नसक्ने बताए । उनले महिलाहरुको लागि छुट्टै, जनजाति, मधेसी, थारुहरुका छुट्टै प्रत्यक्ष निर्वाचन स्थल बनाउन जरुरी रहेको बताए ।

पूर्वसभामुख ढुंगानाले नेपालको राजनीति सबैलाई प्रधानमन्त्री नै हुनुपर्ने किसिमको रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर