प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई रविले सोधे- देश बनाउने एजेण्डामा राष्ट्रिय सहमति कसले रोक्छ ? – Nepal Press

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई रविले सोधे- देश बनाउने एजेण्डामा राष्ट्रिय सहमति कसले रोक्छ ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेताहरु सबैको भाषणमा जनताको चिन्ता भएपनि व्यवहारमा नभएको बताएका छन् ।

नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका सभापति समेत रहेका लामिछानेले सबै नेताहरुलाई जनजीविकाको सवालमा एकै ठाउँमा उभिन कसैले नरोकेको बताए ।

उनले भने, ‘यहाँ सबै शीर्ष नेताहरु हुनुहुन्छ । यो नेताहरुलाई देश बनाउन कसले रोक्छ ? देश बनाउने राष्ट्रिय सहमति गर्न के मा सहमति गर्ने हो ? बुँदा बुँदामा सहमति गरौं अनि त्यसपछि नपुगेको खण्डमा संविधान हेर्नुपर्ने हो कि शासकीय स्वरुप हेर्नुपर्ने हो कि हेरौंला ? तर, हामीलाई कसैले रोकेको छैन ।’

राष्ट्रिय मुद्दामा छलफल गर्नको लागि सर्वदलीय बैठक राख्न आग्रह गरेका छन् । उनले नेताहरुले भनेजस्तो लोकतन्त्रमा कुनै खतरा नभएको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर