मुलुकमा शान्ति स्थापना गर्न माधवजीको महत्वपूर्ण भूमिका छ : देउवा (भिडि‌ओ) – Nepal Press

मुलुकमा शान्ति स्थापना गर्न माधवजीको महत्वपूर्ण भूमिका छ : देउवा (भिडि‌ओ)

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्ति स्थापना गर्न र संविधान निर्माणमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै माधव नेपालले देशको राजनीतिमा महत्वपूर्ण योगदान दिएको बताए ।

उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण यसै संविधान मार्फत् मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नको लागि महत्वपूर्ण एजेण्डा हुन् । यो व्यवस्थाप्रति नेकपा एसले महत्वपूर्ण भूमिका खेलेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर