दस्तावेजमा प्रचण्ड अस्थिर भन्नुभएको छ, हामी एउटै पार्टी बनाउने प्रयासमा छौं : प्रचण्ड – Nepal Press

दस्तावेजमा प्रचण्ड अस्थिर भन्नुभएको छ, हामी एउटै पार्टी बनाउने प्रयासमा छौं : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र माओवादी सुरुआतदेखि नै एउटै मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयास गरिरहेको बताएका छन् ।

नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै यो महाधिवेशनले एकताको दिशामा ठोस निर्णय गर्ने अपेक्षा गरे ।

उनले भने, ‘तपाईंहरुको दस्तावेजमा प्रचण्ड अस्थिर भन्नुभएको छ । तपाईंलाई त्यो भन्ने अधिकारमा प्रश्न उठाउँदिनँ । शान्ति प्रक्रियापछि समृद्धिको नयाँ अभियान प्रचण्ड अस्थिर नभएको भए अहिले हामी यहाँ आइपुग्दैन थियौं ।’

उनले सबै कम्युनिष्टहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर