ओलीलाई १० पटक फोन गर्दा नलागेपछि म्यासेज गरेको थिएँ, आउनुभएन: माधव नेपाल (भिडिओ) – Nepal Press

ओलीलाई १० पटक फोन गर्दा नलागेपछि म्यासेज गरेको थिएँ, आउनुभएन: माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल महाधिवेशनमा आउन एमालेका अध्यक्ष केपी ओलीलाई लगातार १० पटक फोन गर्दा पनि नलागेको बताएका छन् ।

आफ्नो पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले तीन वर्षको घाउ आलो भएकै कारणले नआएको हुनसक्ने अनुमान लगाए ।

उनले भने, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूुचना पाएको छु । ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’

उनले राप्रपालाई पनि बोलाएको भए पनि नआएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर