सरकारी पोशाकविना एकीकृत परिवहन सेवा प्रयोग नगर्न परिपत्र – Nepal Press

सरकारी पोशाकविना एकीकृत परिवहन सेवा प्रयोग नगर्न परिपत्र

काठमाडौं । संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको निर्धारित पोशाक लगाएकालाई मात्रै एकीकृत परिवहन सेवा प्रयोग गर्न परिपत्र गरेको छ ।

भाडाका गाडीले समेत एकीकृत परिवहनमा सर्वसाधारणलाई चढाएको भन्दै चालकलाई अभद्र व्यवहार गरेको उजुरी परेपछि मन्त्रालयले सरकारको निर्धारित पोशाक लगाएकालाई मात्रै एकीकृत परिवहन सेवाको गाडी प्रयोग गर्न परिपत्र गरेको हो ।

मन्त्रालयले एकीकृत परिवहन सेवाको गाडी प्रयोग गर्ने कर्मचारीले सरकारबाट तोकिएको पोशाक नलगाउँदा कर्मचारी वा सर्वसाधारण को हो एकिन गर्न गाह्रो भएको जनाएको छ । सिंहदरबारलगायत विभिन्न सरकारी कार्यालयले बिहान कार्यालय आउँदा र साँझ घर फर्किन एकीकृत परिवहन सेवा सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *