टर्कीको इस्तानबुलमा लैङ्गिक अल्पसंख्यकहरुको ‘प्राइड परेड’ निषेध – Nepal Press

टर्कीको इस्तानबुलमा लैङ्गिक अल्पसंख्यकहरुको ‘प्राइड परेड’ निषेध

काठमाडौं । टर्कीको इस्तानबुलमा लैङ्गिक अल्पसंख्यकहरुको प्राइड परेड निषेध गरिएको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार कुनै कारणबिना रोकिइएको भनिएकोमा सरकारी अधिकारीहरुले भने परेड निषेध हुनुमा अनुमति नमागिएको तथा आयोजक अवैधानिक भएको बताएका छन् ।

गत साल पनि प्राइड परेड निषेध भएको थियो । निषेधका बाबजुध परेड आयोजना भएको थियो त्यसमा दर्जनौँ पक्राउ परेका थिए । टर्कीका राष्ट्रपति रेसिप तेयिप इर्दोगान प्राइड परेडका मुद्दामा फरक मत राख्छन् । यस्ता कुराले पारिवारिक मान्यता भत्किने भन्दै उनी यसो भन्छन् ।

जुन महिनाको अन्तिम आइतबार विश्वभर प्राइड परेड हुने गरेको छ । तर, टर्की जस्ता इस्लामिक देशहरु तथा ज्यादै परम्परवादी इस्लामिक तथा बौद्ध धर्मवालम्बीहरु भएका देशहरुमा पनि यस्ता परेड निषेध गरिएका छन् । नेपालमा भने यस्ता परेड हुन कुनै व्यवधान छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर