प्रधानमन्त्रीलाई सानातिना नियुक्ति र सरुवा-बढुवामा नअल्झिन भनेको छु : ओली (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई सानातिना नियुक्ति र सरुवा-बढुवामा नअल्झिन भनेको छु : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सानातिना नियुक्ति र सरुवा-बढुवातिर नअल्झिन भनेको बताएका छन्।

पार्टीको कृषि तथा सहकारी विभागले गरेको नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नीतिगत सुधारका लागि ठोस छलफल गर्नुपर्ने बताए।

उनले भने, ‘मैले प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, हामी सानातिना नियुक्ति सरुवा बढुवातिर अल्झियौँ । पोलिसी म्याटरमा छलफलमा जाऊँ । कुन क्षेत्रमा कस्ता सुधार आवश्यक छ । मैले पनि भन्न पाएको छैन । अरू साथीहरूसँग पनि छलफल गरौँ । कुन क्षेत्रमा कस्ता सुधार ? कस्ता नीति र कस्ता कदम लिन आवश्यक छ, त्यसमा छलफल गरौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर