घनश्याम अध्यक्ष उठे राजेन्द्रले चुनौती दिने, माधव नेपालबाहेक अरुलाई नमान्ने घोषणा – Nepal Press

घनश्याम अध्यक्ष उठे राजेन्द्रले चुनौती दिने, माधव नेपालबाहेक अरुलाई नमान्ने घोषणा

काठमाडौं । नेकपा एसका सचिव एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले अध्यक्ष लड्ने संकेत गरेका छन् ।

‘क्रान्तिकारी पार्टी निर्माण, हाम्रो भावना- विद्रोही नेतृत्वको अनुमोदन हाम्रो चाहना’ नारा लिएर उनको प्रचारसमेत सुरू गरिएको छ । महासचिव घनश्याम भुसालले अध्यक्षमा लड्ने तयारी गरिरहँदा राईले पनि आफू नेतृत्वका लागि भिड्ने घोषणा गरेका छन् ।

माधव नेपालबाहेक नेतृत्वमा कसैलाई स्वीकार नगर्ने उनको भनाइ छ ।

घनश्याम लक्षित गर्दै उनीनिकटकाहरूले विद्रोहको बेला खुट्टा कमाएर पछि पार्टीमा जोडिएको मान्छेले अहिले नेतृत्वका लागि दाबी गरिरहन नमिल्ने बताउन थालेका छन् ।

यस विषयमा नेपाल प्रेससँगको कुराकानीमा राजेन्द्रले भने, ‘माधव नेपालको नेतृत्व स्वीकार गरेर नजाने हो भने तल हैन ठूलै पदमा मेरो दाबी हुन्छ । विद्रोही नेतृत्वको अनुमोदन यो महाधिवेशनबाट होस् भन्ने मेरो चाहना हो ।’

उनले सर्वसम्मत हुँदा आफू पनि सहमतिमा आउन तयार रहेको बताए । स्रोतका अनुसार राईको दाबी महासचिवमा छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा छुट्टै प्रतिवेदन ल्याउनेसमेत तयारी गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “घनश्याम अध्यक्ष उठे राजेन्द्रले चुनौती दिने, माधव नेपालबाहेक अरुलाई नमान्ने घोषणा

  1. माकुने पार्टीको बिद्रोह र क्रान्ति भनेको आफ्नु सरकार हटाएर कांग्रेशको सरकार बनाउने !! के को लागि हो लड्ने !? फुर्ति के को लागि : अनि के को अनुमोदन !!!
    लाज लाग्ने कुरा सुन्ने र देख्ने लाइ : यिनलाई त केहि न केहि !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर