दाङमा गुडिरहेको अटोबाट खसेर यात्रुको मृत्यु – Nepal Press

दाङमा गुडिरहेको अटोबाट खसेर यात्रुको मृत्यु

रुपन्देही । दाङमा अटोबाट खस्दा एक यात्रुको मृत्यु भएको छ । खैरा कोठरी सडकखण्डको घोराही ९ अस्पारामा गुडिरहेको अटोबाट खस्दा घोराही १० नारायणपुरका ६० वर्षका वसन्तबहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।

खैराबाट कोठरीतर्फ जाँदै गरेको रा १ ह ५०८८ नम्बरको अटोबाट खसेर घाइते घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *