बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्याे ? – Nepal Press

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्याे ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्न नयाँ मूल्यमा वृद्धि भएपछि आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथा डिजे र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

तेस्रो वर्गमा राजधानी काठमाडौंलगायत पोखरा, दिपायल पर्दछन् ।

वृद्धि भएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निमगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर