बीसीसीआईका सचिव जय शाहले विश्व विजेता भारतीय खेलाडीलाई सवा एक अर्ब दिने घोषणा – Nepal Press

बीसीसीआईका सचिव जय शाहले विश्व विजेता भारतीय खेलाडीलाई सवा एक अर्ब दिने घोषणा

काठमाडौं । इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले टी–२० विश्वकप विजेता टोलीलाई सवा एक अर्ब दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत विश्व विजेता टोलीलाई १२५ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन् ।

गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले आइसीसी टी–२० विश्वकपको उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर