पत्रकार महासंघको विवाद टुंग्याएर तत्काल निर्वाचन गर्न पाँच पूर्वअध्यक्षको आग्रह – Nepal Press

पत्रकार महासंघको विवाद टुंग्याएर तत्काल निर्वाचन गर्न पाँच पूर्वअध्यक्षको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघको विवाद टुङयाएर तत्काल निर्वाचनमा जान महासंघका पाँच जना पूर्वअध्यक्षले आग्रह गरेका छन् ।

आइतबार पूर्वअध्यक्षले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान महासंघका अध्यक्ष बिपुल पोखरेलसहित केन्द्रीय समितिलाई आग्रह गरेका हुन् ।

‘महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुभाग्र्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौं’ महासंघका पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

उनीहरुले महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायतको विवादको समाधान महासंघको वैधानिक संरचनामार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्षसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराएका छन् ।

यस्तै महासंघका सदस्यले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलले गर्नसक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न समेत आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *