स्लोभाकियाविरूद्ध इङ्ग्ल्यान्डको नाटकीय पुनरागमन, अतिरिक्त समयमा गोल गर्दै क्वाटरफाइनल प्रवेश – Nepal Press

स्लोभाकियाविरूद्ध इङ्ग्ल्यान्डको नाटकीय पुनरागमन, अतिरिक्त समयमा गोल गर्दै क्वाटरफाइनल प्रवेश

हेटौँडा । जितको सम्मुखमा पुगिसकेको स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै युरो कप -२०२४ मा इङ्गल्याण्ड क्वाटर फाइनल प्रवेश गरेको छ ।

२५ औँ मिनेटमा  इभान स्क्रान्जले  स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले  टिमलाई अग्रता दिलाए ।

स्लोभाकियाले उक्त अग्रता दोस्रो हाफको पनि इन्जुरी समयको पाँचौँ मिनेटसम्म कायम राख्यो । कुनै समय अब इङ्ल्याण्ड पराजित हुने देखिएको थियो । तर इन्जुरी समयको पाँच मिनेटमा इङ्गलिस टोलीले बलिङ्घनको गोल मार्फत बराबरी गर्न सक्यो र खेल अतिरिक्त समयमा गयो ।

अतिरिक्त समयको पहिलो मिनेटमा नै ह्यारी केनले गोल गर्दै इङ्गल्याण्डलाई जित दिलाए । इङ्गल्याण्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *