जर्जियाविरूद्व फराकिलाे जितसँगै स्पेन क्वाटरफाइनलमा – Nepal Press

जर्जियाविरूद्व फराकिलाे जितसँगै स्पेन क्वाटरफाइनलमा

हेटौडा । जर्जिया विरुद्द फराकिलो जित दर्ता गर्दै स्पेन युरो कप -२०२४ को क्वाटरफाइनल प्रवेश गरेको छ ।

जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।पोर्चुगललाई हराएर सनसनी मच्चाउन सफल जर्जियाले स्पेन विरुद्ध पनि सुरुवाती अग्रता लिएको थियो ।

खेलको १८ औं मिनेटमा आत्मघाती गोल मार्फत जर्जिया अघि बढेको थियो तर खेलको ३९ औं मिनेट स्पेनका रोड्रीले गोल गर्दै स्पेनलाइ बराबरिमा लगे ।

दोस्रो हाफको ५१ औं मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई २-१ को अवस्थामा पुर्याए ।

खेलको ७५ औं मिनेटमा विलियम्सले स्पेनको लागि गोल गर्दै अग्रता थप फराकिलो पारे । दोश्रो हाफपछी आक्रमक देखिएको स्पेनले ८३ औं मिनेटमा चौथो गोल गर्यो । स्पेनको लागि ओल्मोले तेश्रो गोल गर्दै टिमलाइ ४-१ को जित दिलाए ।

अब स्पेनले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *