भेनेजुयला र इक्वेडर क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो – Nepal Press

भेनेजुयला र इक्वेडर क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो

भेनेजुयला र इक्वेडर क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो
हेटौंडा । भेनेजुएला र इक्केडर कोपा अमेरिकाको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा सोमबार बिहान जमैकामाथि ३–० को सहज जित दर्ता गर्दै आफ्नो समूहमा शतप्रतिशत जितको साथमा भेनेजुयला क्वाटर फाइनल प्रवेश गरेको हो ।

पहिलो हाफ बराबरी खेलेको भेनेजुयलाले दोस्रो हाफबाट आक्रामक खेल खेल्यो ।

भेनेजुएलालाई एडवार्ड बेलोले ४९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने  ५६ औँ मिनेटमा जोस सालमोनले अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८५ औँ मिनेटमा एरिक रेमिरेजले गोल गरेपछि भेनेजुएला अन्तिम ८मा पुग्न सफल भयो ।

जमैका भने बाहिरियो । समूह बि को अर्को खेलमा मेक्सिको र इक्केडरले बराबरी खेलेका छन् ।

बराबरीपछि मेक्सिको कोपा अमेरिकाबाट बाहिरिँदा इक्वेडर क्वाटर फाइनल प्रवेश गरेको छ ।

दुवै टिमको समान चार चार अङ्क भए पनि गोल अन्तरका आधारमा इक्वेडर अन्तिम आठमा प्रवेश गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *