असार २४ देखि निर्धन लघुवित्तका कर्मचारीले देशभर आन्दोलन गर्ने – Nepal Press

असार २४ देखि निर्धन लघुवित्तका कर्मचारीले देशभर आन्दोलन गर्ने

रुपन्देही । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा रहेको आधिकारिक ट्रेड युनियनले असार २४ गतेदेखि देशभरका सम्पूर्ण शाखा, क्षेत्रीय कार्यालय, मुकाम र केन्द्रीय कार्यालयमा एकै पटक कार्यालयको कामकाज ठप्प पार्ने गरी विरोधको कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय अध्यक्ष सन्तोषकुमार आचार्यले हस्ताक्षर गरेको उक्त विरोधको कार्यक्रम पत्र प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधन गरी लेखिएको छ ।

केन्द्रीय कर्मचारी समितिको छैटौँ बैठकको निर्णयले जेठ २१ गते ३५ दिनको समय सीमा राखेर माग पत्र दाबी गरेको थियो उक्त माग दाबीको समय यही असार २३ गते सकिँदै छ । तर ३५ दिनसम्म पनि व्यवस्थापन पक्षले युनियनका माग पत्रमा कुनै वास्ता नगर्नुले व्यवस्थापन पक्षले युनियनलाई पेलेर जाने पक्षमा रहेको बुझिएकोले यसलाई युनियन पछि नहटी डटेर सामान गर्ने युनियनका एक केन्द्रीय सदस्यले बताए ।

गत वर्ष नै कर्मचारीको पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने युनियनसँगको सम्झौता थियो तर लघुवित्त संस्थाको हालको विषम परिस्थिति, आर्थिक मन्दी लगायतले लघुवित्तमा उल्लेखनीय नाफा नभएको हुँदा युनियनले एक वर्ष संस्थालाई आर्थिक आय भार नपार्ने गरी तलब वृद्धि नगर्दासमेत सहेर बसेको थियो । तर अहिले सबै ठिकठाक हुँदासमेत आर्थिक वृद्धि तथा नीतिगत, कर्मचारी बढुवा नगरी व्यवस्थापनले आफ्नो जिम्मेवारी बिर्सिएको जस्तो भान महासचिव कृष्ण रानाले बताए ।

संस्थागत सुशासन, कर्मचारी बृहत्तर वृत्ति विकाससहितका मागहरू राख्दै कर्मचारी युनियनले राखेका मागहरू व्यवस्थापन पक्षले २४ गते अगाडि नै सम्बोधन गरेर सबैलाई खुसीयाली दिने विश्वास रहेको युनियनको बुझाई छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दाहालले क्षेत्रीय कार्यालयहरूको तालिम गोष्ठीमा व्यवस्थापन पक्ष केन्द्रीय कार्यालय बाहिर रहेको हुँदा २-३ दिनभित्र नै कर्मचारी युनियनले राखेका मागहरूमा व्यवस्थापन पक्षले के कति कार्य गरेको छ र कति काम गर्दै छ छ भन्ने सबै कुरा सहित कार्य प्रगति पेश गर्ने बताए । आर्थिक वर्ष २०७९/८० को बढुवा यही आर्थिक वर्षभित्र गर्ने गरी काम अगाडि बढिरहेको समेत उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर