झलनाथको नेतृत्वमा अध्यक्ष मण्डल गठन, मतदानका लागि विद्युतीय मेसिन राखिने – Nepal Press
नेकपा एस महाधिवेशन

झलनाथको नेतृत्वमा अध्यक्ष मण्डल गठन, मतदानका लागि विद्युतीय मेसिन राखिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदानको व्यवस्था मिलाइएको छ । छिटो र छरितो ढंगबाट चुनाव गराउन ई-भोटिङको व्यवस्था गरिएको पार्टीले जनाएको छ । केन्द्रीय सचिवालय सदस्यहरूले डेमोसमेत प्रस्तुत गरेका छन् ।

त्यस्तै बन्द सत्र सञ्चालनका लागि सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । उपमहासचिव जगन्नाथ खतिवडा संयोजक रहेको १५ सदस्यीय बहस नोट कमिटी गठन गरिएको छ । डा. गंगालाल तुलाधर र डा. विजय पौडेललाई माइन्यूट लेखनको जिम्मा दिइएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरू हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरू हुनेछ ।

यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । हिजोबाट जारी महाधिवेशन २० गते सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर