दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी – Nepal Press

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

काठमाडौं । उद्योगहरूको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरूको आन्दोलनले दुई साता पार गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफूहरूको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरूले गुनासो गरेका छन् ।

व्यवसायीहरूले उद्योग नवीकरणको आफूहरूको माग सम्बोधन नभए उद्योगहरूको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरूमा भएका गाडी, मेशनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरू समेत राजमार्गमा राखी विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

अहिले उद्योगी व्यवसायीहरूको बटमलाइन भनेको कानूनसम्त दर्ता भएका उद्योगहरूको नवीकरण रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताए ।

क्रसर उद्योगीहरूले विगत १० वर्षदेखि उद्योगहरूको नवीकरण हुन नसक्दा आफूहरू मारमा परेको समेत बताए ।

आफूहरूको माग सम्बोधनका लागि पटक–पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरूसँग छलफल भए पनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर