महिलालाई राजनीति गर्न सहज छैन : मेयर ढकाल – Nepal Press

महिलालाई राजनीति गर्न सहज छैन : मेयर ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले महिलालाई राजनीति गर्न सहज नभएको बताएकी छन् ।

सोमबार सञ्चारीका समूह कर्णाली प्रदेशको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा ‘कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार’ सम्बन्धी दुई दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम नगरप्रमुख ढकालले महिलाले जुनसुकै क्षेत्रको नेतृत्व गर्नु भनेको चुनौतीको सामना गर्नु रहेको बताएकी हुन् ।

उनले आफ्नो कार्यक्षेत्रमा भोग्न परेको विभेदको खुलेर प्रतिकार गर्नुपर्नेमा जोड दिइन् ।

विभेदको खुलेर प्रतिकार गरी काम गर्ने वातावरण आफैले सिर्जना गर्नुपर्ने उनले भनिन्, ‘कानुनमा महिला भएकै कारणले कुनै पनि विभेद गर्न पाइने छैन भन्नेछ । यदि कसैले गरेमा कानुनले नै निर्मूल गरेका छ ।’

सबै कार्यस्थलमा यौनजन्य दुर्व्यवहार विरुद्धमा खुलेर छलफल गर्नुका साथै यस्ता घटना नघट्नु अगावै सचेत र संवेदनशील गराउने परिपाटीको विकास गरेर जानुपर्नेमा नगरप्रमुख ढकालले बताइन् ।

कार्यस्थलमा विशेष गरी महिलामाथि हुने शारीरिक, मौखिक र गैर मौखिक हिंसा तथा दुर्व्यवहार, काम गर्न प्रतिकूल वातावरण, यौन हिंसा जस्ता विषयमा महिलाहरू आफै पनि सचेत हुनु पर्ने उनले जोड दिइन् ।

उनले सूचनाको सही रूपमा सम्प्रेषण गर्नका साथै हरेक क्षेत्रमा महिला सहभागितामा वृद्धि गर्नु पर्नेमा जोड दिइन् ।

यस्तै, पहिलो दिनको अन्तरक्रिया कार्यक्रममा सञ्चारीका समूह कर्णाली प्रदेशकी सल्लाहकार टीका विष्टले कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहारको विषयमा नेपालको कानूनी व्यवस्था, हिंसा र दुर्व्यवहारका प्रकार, यसको रोकथामका लागि गरिनुपर्ने सुझावहरूको विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।

अन्तरक्रिया कार्यक्रम आज र भोलिसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रम वीरेन्द्रनगरका सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर