एकजना पनि मन्त्री नआएपछि प्रतिनिधिसभाको बैठक स्थगित (भिडिओ)
नेपाल प्रेस
२०८१ असार १७ गते ११:३४
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नासाथ कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को एकजना सदस्य बैठकमा उपस्थित नभएको भन्दै ध्यानाकर्षण गराएपछि बैठक स्थगित भएको हो ।
सांसद यादवको ध्यानाकर्षणपछि आजै बस्नेगरी सभामुखले १५ मिनेटका लागि स्थगित गरे ।
आज सदनमा अधिकांश कुर्सि पनि रित्ता छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर