दुबईमा राजेशपायलको हंगामा : फ्यानलाई स्टेजमा उकालेर कामुक डान्स – Nepal Press

दुबईमा राजेशपायलको हंगामा : फ्यानलाई स्टेजमा उकालेर कामुक डान्स

काठमाडौं । गायक राजेशपायल राई अहिले आफ्नो सांगीतिक टुरका सिलसिलामा दुबईमा छन् । उनले शनिवार मध्यरात दुबईस्थित याक एन्ड यति एभरेस्ट क्लबमा धमाकेदार प्रस्तुति दिए ।

खचाखच दर्शकबीच राजेशपायलले डेढ घण्टाभन्दा बढी समय लिएर आफ्ना करिब ३० वटा गीतहरू सुनाएका थिए । उनका अन्य कन्सर्टजस्तै दुबईको कन्सर्ट पनि ‘लाइभली’ थियो ।

राजेशपायल स्टेजमा आफू पनि झुमे र दर्शकलाई पनि झुमाए ।

‘मैले मायाले दिएको चिनो…’ बोलको गीत गाउँदै राजेश पायलले स्टेजमा इन्ट्री गरेका थिए । पहिल्यैदेखि हुटिङ गरिरहेका दर्शक उनको इन्ट्रीपछि झनै क्रेजी भए । स्टेजमा आएर राजेश पायलले भने, ‘कस्तो हट हट केटीहरू रहेछन् यार ।’

युवायुवतीहरू सुरुबाटै राजेश पायललाई स्पर्श गर्न लालायित थिए । केही फ्यानहरू स्टेज उक्लिन प्रयासरत थिए । तर, राजेश पायलसँग रहेका दोहोरो ज्यानका बाउन्सरले उनीहरूलाई उक्लिन दिइरहेका थिएनन् । जसोतसो उक्लिएका एक युवकलाई बडीगार्डले बोकेरै तल झारे ।

राजेशले अन्तिममा गाए आफ्नो सर्वाधिक लोकप्रिय गीत ‘सागर सरी चोखो माया…’ । आफ्नो प्रस्तुतिलाई बिट मार्न लाग्दा दर्शकबाट डिमान्ड भएपछि उनी यो गीत गाउन तयार भएका थिए । त्यसपछि उनले आफूलाई कसैले साथ दिनुपर्ने बताए ।
‘कोही केटी साथी आउने हो गीत गाउन ?’ राजेश पायलले माइकबाट आग्रह गरे ।

त्यसपछि एक युवतीलाई औंल्याउँद भने, ‘तपाई आउनुस्… आउनुस्… माइक ल्याइदिनुस् उहाँलाई ।’

उनले ठट्टा पनि गरे, ‘यति ह्यान्डसम छु बिहे गर्‍या छैन । तर, मलाई आइ लभ यु चैं नभन्नु होला । भर्खर डिभोर्स भएको… एक वर्षपछि आइ लभ यु भन्नुहोला ।’

यद्यपि, ती युवती आउन चाहिनन् । राजेश पायलले एक्लै गाउन थाले । गाउने क्रममा फेरि दर्शकहरू उनीतिर हात लम्काउन थाले । यही क्रममा राजेश पायलले एक युवतीको च्याप्पै हात समाते र उनलाई स्टेजमा उकाले । बाउन्सर हतारिँदै आएर उनलाई रोक्न खोजेका थिए, तर राजेश पायलले नै नछोडेपछि उनी पछि हटे । त्यसपछि राजेश पायलले ‘सागर सरी चोखो माया…’ गीतलाई निरन्तरता दिँदै युवतीसँग कामूक नृत्य गर्न थाले । युवती पनि आफ्नो प्रिय गायकसँग चिप्किएर नाच्न पाउँदा मदहोश बनिन् ।

यो गीतसँगै राजेश पायलले आफ्नो प्रस्तुति टुंग्याए । अन्त्यमा उनले दर्शकलाई छोटो सम्वोधन गरे ।

‘म तपाईँहरूकै हुँ । म जहाँ जान्छु, त्यहाँ नेपाली गीतसंगीत गएको छ । तपाईंहरुबिनाको राजेशपायल राई म कल्पना गर्न सक्दिनँ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर