समायोजनपछि वृत्ति विकास रोकिएको भन्दै मन्त्रालयमा धर्ना बसे कृषिका प्राविधिक (भिडिओ) – Nepal Press

समायोजनपछि वृत्ति विकास रोकिएको भन्दै मन्त्रालयमा धर्ना बसे कृषिका प्राविधिक (भिडिओ)

काठमाडौं । कृषि मन्त्रालयमा कार्यरत राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक मन्त्रालयमा धर्ना दिएका छन् ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै सोमबार पनि मन्त्रालयमा धर्ना दिएका हुन् ।

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरूप धर्नामा बसेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्लानिङ अफिसरको रुपमा कार्यरत राजपत्रांकित तृतीय श्रेणीको अधिकृत माधव पौडेलले बताए ।

चालू आर्थिक वर्षको अन्तिम समय भएकाले आफूहरूले काम नगरेपछि सरकारलाई दबाब सिर्जना भएको उनीहरूको दाबी छ । सम्बन्धित निकायले आफूहरूको माग सम्बोधन गर्ने पहल नगरेमा आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *