वातावरण सफाइमा जोडियो एलओडी – Nepal Press

वातावरण सफाइमा जोडियो एलओडी

काठमाडौं । एलओडी क्लबले सामाजिक दायित्व अन्तर्गत राष्ट्रको लागि २ घण्टा अभियानमा सहभागिता जनाएको छ ।

वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सचेतनाको प्रवर्द्धन कार्यक्रममा सहभागिता जनाउँदै क्लबका उपाध्यक्ष राजु सिंह, निर्देशक भुपेन शमशेर कुँवर र अभियानको तर्फबाट अध्यक्ष मधु ढुंगेलले हस्ताक्षर गरेका हुन्।

प्रत्येक शुक्रवार वातावरण प्रदूषण सम्बन्धी सचेतनामूलक जिङ्गल तथा सन्देशमूलक भिडियो युवाहरूमाझ क्लबमा देखाउनुपर्ने सम्झौता भएको हो ।

मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोर मैला र जनसंख्याको तीव्र वृद्धि नै वातावरण प्रदूषणका कारक रहेकाले आफ्नो वरिपरिको वातावरण सफा राख्न समस्त युवा तथा सचेत नागरिक एक हुनुपर्ने क्लबका निर्देशक कुँवरले धारणा राखे ।

यस सम्झौताले क्लबलाई वातावरण तथा राष्ट्र निर्माणमा क्लब अझ जिम्मेवार बन्न प्रेरित गरेको विश्वास व्यक्त गरे ।

अहिले जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनौती बनेको अवस्थामा मानवीय क्रियाकलाप सबैभन्दा बढी महत्त्वपूर्ण हुने उनले बताए ।

वातावरण सफा राख्नु हामी सबैको दायित्व रहेको उनको बुझाइ छ । क्लबमा आउने सबै ग्राहकलाई आफ्नो वरिपरिको वातावरणलाई सफा राख्न सुझाव दिए । राष्ट्र निर्माणमा हरेक मानिसको उत्तिकै योगदान रहेको कुँवरले बताए ।

अभियानका अध्यक्ष ढुंगेलले राष्ट्र निर्माणमा हरेक मानिसको उतिकै योगदान रहने यस अभियानले बुझाउन सहयोग गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *