टी-२० विश्वकप टिम अफ दी टुर्नामेन्टमा ४ देशका खेलाडी, दक्षिण अफ्रिकाका कोही परेनन् – Nepal Press

टी-२० विश्वकप टिम अफ दी टुर्नामेन्टमा ४ देशका खेलाडी, दक्षिण अफ्रिकाका कोही परेनन्

काठमाडौं। आईसीसी टी-२० विश्वकप २०२४ को टीम अफ दी टुर्नामेन्ट घोषणा भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिता समापन भएपछि प्रतियोगिताको ‘प्लेइङ-११’ घोषणा गरेको हो।

भारतले दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो। उपविजेता दक्षिण अफ्रिकाका खेलाडी पनि सूचीमा छैनन्।

टिममा ४ देशका खेलाडी छन्। रोहित शर्मा कप्तान रहेको टिममा भारतकै सूर्यकुमार यादव, हार्दिक पान्ड्या, जसप्रित बुमराह, अक्सर पटेल र अर्सदीप सिंह छन्।

यस्तै अफगानिस्तानका रहमनुल्लाह गुरबाज, रसिद खान र फजालहक फारुकीले पनि स्थान बनाएका छन्।

वेस्ट इन्डिजका निकोलस पुरन र अस्ट्रेलियाका मार्कस स्टोइनिस पनि टिम अफ दी टुर्नामेन्ट छन्।

दक्षिण अफ्रिकाका एनरिच नोर्त्यालाई १२ औँ खेलाडीका रूपमा राखिएको छ।


प्रतिक्रिया

One thought on “टी-२० विश्वकप टिम अफ दी टुर्नामेन्टमा ४ देशका खेलाडी, दक्षिण अफ्रिकाका कोही परेनन्

  1. दक्षिण अफ्रीकाबाट हेन्ड्रीक क्लासेन ११ मा समाबेस गरिनु पर्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर