६० किलो सुन तस्करीको थप अनुसन्धानमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी
नेपाल प्रेस
२०८१ असार १७ गते १२:२६
काठमाडौं । ब्रेक सुमार्फत भएको ६० केजी सुन तस्करीको थप अनुसन्धानमा २० जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कम्तीमा ४६ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्ने तयारी गरेको छ । उनीहरूविरुद्ध २ अर्बभन्दा बढी बिगो माग गर्ने तयारी भइरहेको छ ।
यीमध्ये २० जना पक्राउ परेका छन् ।
सीआईबीका अनुसार पक्राउ पर्नेमा भारतीय र चिनियाँ पनि छन् । ब्रेक सुमार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि सीआईबीले पुन: फाइल खोलेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर