कांग्रेसले भन्यो- कार्यसूची अनुसार सदन चलेन, मन्त्रीहरूको खडेरी पर्न थाल्यो – Nepal Press

कांग्रेसले भन्यो- कार्यसूची अनुसार सदन चलेन, मन्त्रीहरूको खडेरी पर्न थाल्यो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकका लागि आफूहरूलाई उपलब्ध गराएको कार्यसूची अनुसार बैठक अघि नबढेकोमा प्रश्न उठाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले आफूहरूलाई उपलब्ध गराएको कार्यसूची अनुसार बैठक अघि नबढेको बताए।

उनले भने, ‘हामीलाई प्रतिनिधि सभाको सम्भावित कार्य तालिका भनेर उपलब्ध गराएकोमा आजको कार्यसूचीमा शून्य समय पश्चात्, शून्य समय र विशेष समयमा उठेका प्रश्नको जवाफ भनेर लेखिएको छ। तर, अगाडिको रोमा हेर्दा मन्त्रीको खडेरी लागेको छ। काहीँ औषधि उपचार गर्न जानुभएको छ कि कतै जानुभएको थाहा छैन। शीर्ष नेताहरू पनि अगाडिको बेन्चमा अनुपस्थित हुनुहुन्छ। कार्य तालिका अनुसार सदन पनि प्रवेश गरेन, यसमा जानकारी चाहियो।’

यसअघि बैठकमा एक जना मन्त्री पनि बैठकमा नआएपछि कांग्रेसले ध्यानाकर्षण गराएपछि १५ मिनेट स्थगित गरेर सभामुखले फेरि बैठक सुरु गरेका थिए।

सांसद खतिवडाले उठाएको विषयमा सभामुखले ध्यानाकर्षण भएको जनाए।

कार्यसूची अनुसार बैठक अगाडि बढाउने तयारी भइरहेको बताउँदै मन्त्रीहरूको उपस्थिति नभएकाले समस्या भएको सभामुखले स्वीकारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर