सदनमा माओवादीको जिकिर- देउवा र ओली भेट्दैमा समीकरणमा उलटफेर हुँदैन (भिडिओ) – Nepal Press

सदनमा माओवादीको जिकिर- देउवा र ओली भेट्दैमा समीकरणमा उलटफेर हुँदैन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुबीच भेट हुँदैमा सत्ता गठबन्धनमा उलटफेर नआउने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा माओवादीका तर्फबाट विशेष समयमा बोल्दै शीर्ष नेताहरुबीच भेट हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

उनले भने, ‘दुई दिनको राजनीतिक घटनाक्रमलाई हामीले नजिकबाट नियाल्यौं भने अहिले सिंगो राजनीति तरंगित भएको छ । अनौपचारिक संवाद हुँदा, समाचारहरू अध्ययन गर्दा सिंगो राजनीति तरंगित हुनेजस्तो । सत्तापक्ष र प्रतिपक्ष दलका नेताका बीचमा संवाद हुनेबित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर चर्चा भएको छ । तर, दुई जना नेता बस्दैमा पूरै सत्ता गठबन्धन उलटफेर हुने नयाँ परिस्थिती हुने भन्दै चाँडै निष्कर्ष पुग्ने परिपाटीले स्थिरताको मानसिकता दिँदैन। यसबारे घटनाक्रम हेर्दा पनि सत्यता भएजस्तो लाग्दैन ।’

कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटले नेपालको राजनीति तरंगित भएको छ । ओलीले देउवासँग भेटेपछि सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा ठूलो आशंका पैदा गरेको छ। अहिले पनि प्रचण्ड र ओलीबीच छलफल जारी छ ।

तर, सांसद सापकोटाले जुनसुकै दलका शीर्ष तहको बैठकमा देशको राष्ट्रिय मुद्दाले प्राथमिकता पाउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर