बालुवाटारबाट बाहिरिए ओली, प्रचण्डसँग ‘वान टु वान’ वार्तामा के भयो कुराकानी ? – Nepal Press

बालुवाटारबाट बाहिरिए ओली, प्रचण्डसँग ‘वान टु वान’ वार्तामा के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । करिब चार घण्टा लामो वान टु वानपछि ओली केहीबेरअघि बालुवाटारबाट बाहिरिएका हुन्।

दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीकी स्वकीय गंगा दाहालले जनाएकी छन् ।

शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका छन् ।

यो पनि पढ्नुहोस् – ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव, नयाँ समीकरणका लागि गृहकार्य तीव्र 

कांग्रेसको प्रस्तावमा ओली सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार देखिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठक निष्कर्षउन्मुख रहेको स्रोतले दाबी गर्‍यो ।

कांग्रेसको यो प्रस्तावपछि आइतबारमात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए । ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ ।

कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राखेका छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको आँकलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर