५ देशका पैसासहित इरानी नागरिक विमानस्थलबाट पक्राउ – Nepal Press

५ देशका पैसासहित इरानी नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं। विदेशी मुद्राको तस्करी गरेको आरोपमा २ जना इरानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

उनीहरूको साथबाट विभिन्न ५ वटा देशका पैसा बरामद भएको छ। पक्राउ पर्नेहरूमा इरानी ४० र ३५ वर्षका इरानी दम्पती रहेका छन्।

श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंकाको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग चेकिङ गर्ने क्रममा नियन्त्रणमा लिइएको थियो।

ह्याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा १२ हजार ५ सय अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा ४ हजार २ सय पाउण्ड स्टरलिङ, १ हजार ७ सय ५० युरो, १६ हजार ५ सय युएई दिराम, ८ हजार ८ सय भारतीय रुपैयाँ र ८ लाख ४० हजार श्रीलंकन रूपी फेला परेको प्रहरीको दाबी छ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *