जुसको बट्टामा लुकाइएको सवा केजी कोकिनसहित २ तान्जानियन ठमेलबाट – Nepal Press

जुसको बट्टामा लुकाइएको सवा केजी कोकिनसहित २ तान्जानियन ठमेलबाट

काठमाडौं । काठमाडौंको ठमेलबाट सवा केजी कोकिनसहित २ तान्जानियन नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्राम कोकिन बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा ५२ वर्षीय रमाधानी सिम्बा म्वाबुम्बा र ५६ वर्षीय त्वालिभ किपेभु पसुवा छन् ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले होटलको कोठाबाट जुसको बट्टामा लुकाएर राखिएको अवस्थामा उक्त कोकिनसहित पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *