निलम्स अवार्डमा यौनिक अल्पसंख्यक समुदायका ७ जना व्यक्तित्व सम्मानित – Nepal Press

निलम्स अवार्डमा यौनिक अल्पसंख्यक समुदायका ७ जना व्यक्तित्व सम्मानित

काठमाडौं । प्राइड मन्थ २०२४ को अवसरमा क्रमशः इन्टरटेनमेन्टको ब्यानरमा निलम्स अवार्ड भएको छ । अवार्ड ट्रान्स एक्टिभिस्ट, मेक अप आर्टिष्ट तथा समाजसेवी निलम पौडेलको एकल पहलमा राजधानीमा भएको हो ।

अवार्ड समारोहमा यौनिक अल्पसंख्यक समुदायमा अमूल्य योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । यस वर्ष, यौनिक अल्पसंख्यक समुदायको संरक्षण र प्रवर्द्धन गर्न सामुदायिकस्तरमा लामो समयदेखि प्रयास गरेकोमा प्रत्येक प्रदेशबाट एकएक व्यक्तित्वलाई सम्मान गरिएको हो ।

समारोहमा कोशीबाट देवनारायण चौधरी, मधेशबाट अब्दुल शाहमद (नाग्मा), बाग्मतीबाट किरण थापा, लुम्बिनीबाट रजनी थकाली, लुम्बिनीबाट रेशम न्यौपाने, कर्णालीबाट अञ्जली बीसी र सुदूरपश्चिम प्रदेशबाट राजु लामा सम्मानित भए ।

क्रमशः इन्टरटेनमेन्टकी निर्देशक निलम पौडेलले लामो समयदेखि विभिन्न सञ्चारमाध्यममा अभिलेखीकरण भई उनीहरूले भोग्नुपरेको भेदभावलाई प्रकाश पार्दै समुदायको लचिलोपन, साहस र अटल मनोभावमा प्रकाश पार्न गत वर्ष २०२३ देखि निलम अवार्ड कार्यक्रम गरिएको बताइन् ।

अवार्ड कार्यक्रममा मिस पिंक नेपाल २०२४ अनमोल राई, फस्ट रनर अप सरोसी न्यौपाने र सेकेन्ड रनर अप आरोही बस्नेतलाई सामाजिक परिवर्तनप्रतिको समर्पणको लागि अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । यस वर्षदेखि महामहिम पुरस्कार पनि सुरु गरिएको छ, जुन दुई ड्रेस डिजाइनर सञ्चिता बराल र सोनम सुब्बा लिम्बूले पाएका छन् ।

अवार्ड कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, भर्खरै अमेरिकाबाट नेपाल आएकी अभिनेत्री पूजा चन्दसँगै अभिनेत्री श्वेता खड्का, मिस युनिभर्स सोफिया भुजेल, प्राइम टेलिभिजन कार्यक्रम प्रस्तोता विना श्रेष्ठ र सञ्चारकर्मी आरती चटौत सहभागी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर