राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यको सुविधाबाट बञ्चित गरिँदैन : गृहमन्त्री लामिछाने (भिडिओ) – Nepal Press

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यको सुविधाबाट बञ्चित गरिँदैन : गृहमन्त्री लामिछाने (भिडिओ)

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए । उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे ।

उनले सुचना पाउनासाथ सबै जना बनाउने जाने गर्दा सम्बन्धित कार्यालयमा भीडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको बताए । उनले भीडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि बताए ।

गृहमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्ष माथिका वृद्धवृद्धा र बालबालिकाहरुका लागि विशेष व्यवस्था गरिने पनि बताए ।

यस्तो छ लामिछानेको भनाइः

भदौ मसान्तसम्म पनि कसैले भरिसक्नु भएनछ भनेपनि पहिलो चरणमा २८ जिल्लाहरुमा नसक्दा पनि हामीले समय राखेका छौँ, भदौ मसान्तसम्म पनि यहाँहरुसँग समय छ । भदौ मसान्तसम्म भर्दा पनि तपाईले प्राप्त गर्ने, राज्यले दिने सेवा, सुविधाबाट आम नागरिकहरु वञ्चित हुनु पर्दैन ।

कथं कदाचित कसैको भदौ सम्म पनि छुटेको रहेछ भने स्पष्ट पार्न चाहन्छु, राज्यबाट प्राप्त गर्ने सुविधाबाट नागरिकलाई राज्यले कहिलेपनि विमुख पार्दैन । अहिले छिटै बनाउने सपरिवार एकैपटक बनाउने भएका कारणले लाइन लाग्न गएको छ । जसको व्यवस्थापनमा अतिरिक्त मानव संसाधनको प्रयोग गरिएको छ जिल्ला प्रशासन कार्यालयमार्फत ।

स्थानीय निकायमा पनि थप जनशक्तिको प्रवाह गर्ने काम भएको छ । सुचना लिने बित्तिकै छिटो गरौँ भन्ने स्वभावका कारणले भीडभाड अवश्य पनि लागेको छ । भीडभाड गर्नुपर्ने आवश्यकता नै छैन । तत्काल गर्नुपर्ने आवश्यकता नै छैन । पहिला २८ जिल्लामा यसलाई कार्यान्वयन गर्ने चरणमा गएका छौँ । २८ जिल्लामा भदौ मसान्तसम्म पनि छुट्यो भने राज्यले तपाईलाई तपाईको अधिकारबाट वञ्चित गर्दैन ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर