महान्यायाधिवक्ताकाे ‘क्लिन चिट’ बारे गृहमन्त्री- अदालतमा विचाराधीन मुद्दामा बोल्न मिल्दैन (भिडि‌‌ओ) – Nepal Press

महान्यायाधिवक्ताकाे ‘क्लिन चिट’ बारे गृहमन्त्री- अदालतमा विचाराधीन मुद्दामा बोल्न मिल्दैन (भिडि‌‌ओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अदालनमा विचाराधीन मुद्दाको विषयमा आफू नबोल्ने बताएका छन् । कांग्रेसका सांसद प्रदीप पौडेलले आजको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछानेको पासपोर्टका विषयमा प्रश्न राखेका थिए ।

पौडेलले गृहमन्त्रीलाई सोधे, ‘गृहमन्त्री रवि लामिछानेको पासपोर्टबारेमा महान्यायाधीवक्ताले गरेको निर्णयका सम्बन्धमा सरकारको के धारणा छ? साथै पछिल्लोपल्ट सहकारी प्रकरणमा सोही कार्यालयले क्लिन चिट दिने संवैधानिक र कानुनी प्रावधान कहाँ के कस्तो छ ? सरकारले यसलाई नजिर मानेको हो । होइन भने महान्यायाधिवक्तालाई पदीय आचारण विपरीत कार्य गरेको अभियोगमा कारबाही किन नगर्ने ?’

सांसद पौडेलको प्रश्नमा गृहमन्त्री लामिछानेले भने, ‘यो दुवै विषयमा अदालतमा मुद्दा विचाराधीन छ । अदालतमा विचाराधीन मुद्दाबारे सदनमा बोल्न उपयुक्त नहोला ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर