नेकपा एसमा राजेन्द्र राईको प्रस्ताव- पार्टीमा कुनै पद र पदाधिकारी नराखौं – Nepal Press

नेकपा एसमा राजेन्द्र राईको प्रस्ताव- पार्टीमा कुनै पद र पदाधिकारी नराखौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले पार्टीभित्र कुनै पद र पदाधिकारी नराख्न प्रस्ताव गरेका छन् ।

जारी महाधिवेशनमा ३२ पन्ने फरक मत पेश गर्दै कामको संयोजनको लागि कमिटीको बैठकले सदस्यहरूमध्येबाट कुनै एकजनालाई समय अवधि तोकेर निश्चित समयको लागि वा समय नतोकी अर्को निर्णय नभएसम्मको लागि जिम्मेवारी दिइने प्रस्ताव अघि सारेका हुन् ।

यो पनि पढ्नुहोस् : राजेन्द्र राईको ३२ पन्ने सुझाव- जबजको च्याप्टर क्लोज भएको छैन (पूर्णपाठ)

प्रस्तावमा भनिएको छ, ‘अब सिंगो पार्टीभित्र कुनै पद र पदाधिकारी रहने छैन अथवा कुनै पनि कमिटीमा कुनै पद र पदाधिकारी रहने छैन, सदस्यहरू मात्र रहने छन् । केबल कामको संयोजनको लागि कमिटीको बैठकले सदस्यहरु मध्येबाट कुनै एकजनालाई समय अवधि तोकेर निश्चित समयको लागि वा समय नतोकी अर्को निर्णय नभएसम्मको लागि जिम्मेवारी दिइनेछ ।’

त्यस्तो जिम्मेवारी दिइएको सदस्यलाई संयोजक वा अध्यक्ष भनिनेछ (यो छलफलबाट निर्णय गरिनुपर्ने) । संयोजक/अध्यक्षले आफ्नो जिम्मेवारीलाई व्यवस्थित, प्रभावकारी बनाउन आफ्नो (कमिटीको हैन) सचिवालय बनाउन सक्नेछ ।’

एउटा तहको कमिटी एउटैमात्र हुनेछ अथवा एउटा तहको कमिटीभित्र धेरै पत्र (सचिवालय, कार्यालय, स्थायी कमिटी, पोलिटब्युरो आदि) नराख्ने उनको प्रस्ताव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर