प्रतिनिधिसभाको सचिव नियुक्तिका लागि सुरेश अधिकारीको नाम सिफारिस – Nepal Press

प्रतिनिधिसभाको सचिव नियुक्तिका लागि सुरेश अधिकारीको नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभाको सचिवका लागि पूर्वसचिव सुरेश अधिकारी सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेले अधिकारीलाई सचिवमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।

संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी केही समयअघि शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । अधिकारिसँग निर्वाचन आयोग, पर्यटन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन साथै अख्तियारमा बसेर काम गरेको अनुभव छ ।

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर