लगानी सम्मेलनले नेपालमा विदेशी लगानीको उपयुक्त आधार रहेको सन्देश प्रवाह गरेको छ : अर्थमन्त्री पुन – Nepal Press

लगानी सम्मेलनले नेपालमा विदेशी लगानीको उपयुक्त आधार रहेको सन्देश प्रवाह गरेको छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनले विदेशी लगानीको लागि उपयुक्त आधार रहेको सन्देश प्रवाह गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको प्रश्नोत्तरमा अर्थमन्त्री पुनले लगानी सम्मेलनका कारण निजी क्षेत्रको मनोबल बृद्धि भएको र सम्भावित विदेशी लगानीकर्ताहरूसँग प्रत्यक्ष भेटघाट भएको भन्दै यसले लगानीको लागि उपयुक्त आधार रहेको सन्देश गएको बताएका हुन् ।

लगानी सम्मेलनको सन्दर्भमा लगानी सहजीकरणका लागि कानून संशोधन भएको, इनभेष्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइलहरु तयार भएको उनले बताए । उनले संविधानमा भएका व्यवस्था अनुसार नै संसदको सुझावलाइ समेटेर बजेट तयार गरिएको जानकारी दिए ।

मन्त्रालयगत बजेट बिनियोजनको आधार पनि प्रचलित व्यवस्था र मापदण्डलाई टेकेर नै निर्धारण गरिएको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर