पूर्वमन्त्री जितेन्द्र देवद्वारा कांग्रेस परित्याग, करिब २ दशकपछि एमालेमै फर्किए – Nepal Press

पूर्वमन्त्री जितेन्द्र देवद्वारा कांग्रेस परित्याग, करिब २ दशकपछि एमालेमै फर्किए

काठमाडौं । पूर्वमन्त्री एवं राष्ट्रियसभाका सांसद जितेन्द्रनारायण देव एमालेमा फर्किएका छन् । च्यासस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा देव, रामप्रीत राम, इकबाल अहमद साहलगायतका नेता एमालेमा भित्रिएका हुन् ।

उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरे । पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका एमाले नेता उपस्थित थिए ।

विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा फेडरेशनबाट राजनीति थालेका जितेन्द्र देव नेकपा एमालेमा लामो समय केन्द्रीय नेतृत्वमा थिए । उनी २०५४ मा वामदेव गौतम गृहमन्त्री भएका बेला उच्चस्तरीय नागरिकता सुझाव कार्यदलको संयोजक थिए ।

एमाले विभाजनपछि नेकपा मालेमा लागेका देव मधेश आन्दोलनपछि मधेशी जनअधिकार फोरम हुँदै फोरम लोकतान्त्रिकबाट मन्त्री बनेका थिए । उनी संविधानसभाको दोस्रो कार्यकाल सकिएपछि नेपाली कांग्रेसमा प्रवेश गरेर ६ वर्ष राष्ट्रियसभा सदस्य भए । करिब १७ वर्षपछि देव पुनः एमालेमा फर्किएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर