बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी – Nepal Press

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति देउवाको निवास बूढानीलकण्ठमा केहीबेरअघिबाट बैठक बसिरहेको हो । शनिबार साँझ देउवा-ओलीको बालकोट भेटपछि सत्ता समीकरण फेरिनसक्ने चर्चाबीच बोलाइएको कांग्रेसको बैठकलाई चासोका साथ हेरिएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र भावी रणनीतिमा छलफल भइरहेको एक नेताले बताए ।

पछिल्लो समय ओलीसँग देउवाको बाक्लिएको भेटले दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । कांग्रेसले ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको ग्रीन सिग्नलले नयाँ ध्रुवीकरणको वातावरण बनेको बताइन् ।

यही मेसोमा तरंगित प्रचण्डले ओलीसँग पनि चरणचरणमा भेटघाट गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर