तोकिएको समयमा भ्रातृ संगठनले महाधिवेशन नगरेपछि म्याद थप्ने कांग्रेसको तयारी – Nepal Press

तोकिएको समयमा भ्रातृ संगठनले महाधिवेशन नगरेपछि म्याद थप्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका भ्रातृ संगठनलाई महाधिवेशन गर्नको लागि समय थप गर्ने भएको छ । असार १५ भित्र महाधिवेशन गर्न भनेपनि नगरेपछि समय थप गर्न लागेको हो ।

भ्रातृ संगठनको म्यादको विषयमा पार्टी सभापतिले केन्द्रीय समितिले अनुमोदन गर्नेगरी प्रस्ताव पेश गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले बताए। उनका अनुसार आगामी बैठकले समय थप्ने गर्नेछ ।

भ्रातृ संगठनहरुलाई अधिवेशन गर्न निर्देशन दिने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘अधिवेशनको लागि आवश्यक समय समय थप्नुपर्छ भन्ने दृष्टिकोण बनेको छ । त्यसलाई केन्द्रीय समितिको बैठकले चाँडै बस्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर