घनश्याम भुसाललाई अध्यक्ष बनाउन मैदानमा उत्रिइन् अनेरास्ववियू अध्यक्ष आरती लामा – Nepal Press

घनश्याम भुसाललाई अध्यक्ष बनाउन मैदानमा उत्रिइन् अनेरास्ववियू अध्यक्ष आरती लामा

काठमाडौं । नेकपा एसको अध्यक्षका लागि माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धाको तयारी भइरहेका बेला नेता र भ्रातृ संगठनहरू एक अर्काको पक्षमा खुल्न थालेका छन् ।

नेकपा एसको सबैभन्दा बलियो संगठन मानिएको अनेरास्ववियू घनश्याम भुसालको पक्षमा उभिएको छ । त्यस्तै युवा संघको नेतृत्व पनि घनश्यामकै पक्षमा उभिएको छ ।

अनेरास्ववियूकी अध्यक्ष आरती लामा सोमबार बन्दसत्र चलिरहँदा अध्यक्ष पदका लागि भुसाल पक्षमा खुलेकी हुन् । उनले पुस्तान्तरण सहितको वैचारिक पार्टी निर्माण गर्नुपर्ने भन्दै जसको नीति उसकै नेतृत्व हुनुपर्ने बताएकी छन् ।

पार्टीले भुसालको नीति पारित गरेकाले महाधिवेशनबाट नेतृत्व पनि उनलाई नै चयन गर्न लामाले आग्रह गरेकी छन् । नेपाल प्रेससँग कुरा गर्दै भुसालले नीति र नेतृत्वमा एकरुपता नहुँदा विगतमा नेकपा एमालेमा विग्रह भएकाले यसपटक नेकपा एसमा त्यो भूल नहुने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर