ओलीसँगको भेटबारे देउवाले गरे पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ (भिडि‌‌ओ) – Nepal Press

ओलीसँगको भेटबारे देउवाले गरे पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ (भिडि‌‌ओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा ओलीसँगको भेट सौहार्दपूर्ण भएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘शीर्ष नेताहरूबीच छलफल हुँदा सरकार परिवर्तनको विषयमा चर्चा हुनु स्वाभाविक हो । तर, उहाँले चिया खान बोलाउनुभयो । हामी गयौं । अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ भन्नुभयो ।’

उनले सरकार परिवर्तनको बिषयमा छलफल नभएको जिकिर गरे ।

शनिबार ओलीले देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए ।

कांग्रेसको प्रस्तावमा ओली सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बन्दै गएको छ ।

कांग्रेसको यो प्रस्तावपछि आज पनि प्रधानमन्त्री प्रचण्ड र ओलीले वान टू वान तीन घण्टा लामो छलफल गरेका थिए । आइतबार पनि ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर