ओलीलाई प्रश्न- प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? (भिडिओ) – Nepal Press

ओलीलाई प्रश्न- प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार घरमै पुगेर प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले मिलेर सरकार बनाउने गृहकार्य भइरहेको छ । कांग्रेसले ओलीलाई देउवाले प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । यो प्रस्तावपछि आजै प्रधानमन्त्रीसँग ३ घण्टा लामो संवाद गरेका थिए ।

तर, ओलीले आफू यही वर्ष प्रधानमन्त्री बन्ने सम्भावना नरहेको जिकिर गरे

संसद भवन बाहिर तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले लिनुहुन्छ ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा ओलीले भने, ‘यस वर्ष त त्यस्तो लाग्दैन खोई !’

उनले देश र जनताले आफू प्रधानमन्त्री बनेको हेर्न चाहेको भए राम्रो कुरा भएको बताए । शनिबारको भेटमा देउवाले ओलीलाई प्रचण्ड सरकार ढालेर प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर