कडा रोगका बिरामीलाई दिइने मासिक भत्ताबापतको थप रकम निकासा – Nepal Press

कडा रोगका बिरामीलाई दिइने मासिक भत्ताबापतको थप रकम निकासा

काठमाडौं । अर्थ मन्त्रालयले कडा रोगका बिरामीका लागि जीवीकोपार्जन भत्ता बापतको ३५ करोड २६ लाख १९ हजार रकम निकासा गरेको छ । उक्त फाइल अर्थमन्त्री वर्षमान पुनले स्वीकृत गरेका छन् ।

मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया गरी ८ रोगलाई कडा रोग मानेर औषधि, उपचारलगायतमा सरकारले सहुलीयत दिँदै आएको छ । उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले उक्त रकम माग गरेका थिए । चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट उक्त रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ । त्यो रकम स्थानीय तहमार्फत सम्बन्धित व्यक्तिको बैंक खातामा त्रेमासिकरूपमा जम्मा हुने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर