बीआरआई कार्यान्वयनबारे कांग्रेसको बटमलाइन- अनुदान भए ठीकै छ, ऋण लिन सकिन्न (भिडि‌‌ओ) – Nepal Press

बीआरआई कार्यान्वयनबारे कांग्रेसको बटमलाइन- अनुदान भए ठीकै छ, ऋण लिन सकिन्न (भिडि‌‌ओ)

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले चीनको महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ड एण्ड रोड इनिसियटिभ (बीआरआई) का बारेमा नयाँ धारणा ल्याएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले ऋण लिएर बीआरआई कार्यान्वयन गर्न नसकिने प्रष्ट परेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता तथा पूर्व परराष्ट्र तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुदान नै कार्यान्वयन गर्न नसकिएका बेला ऋणको आकार थप्न नसक्ने बताए ।

उनले भने, ‘सरकारले बीआरआई कार्यान्वयन गर्न लागेको र चीनका उपविदेश मन्त्री आएका बेला छलफल भएको सन्दर्भमा बैठकमा छलफल भयो । बीआरआईको कार्यन्वयनका सन्दर्भमा ठूलो ऋणको बोझ भइसक्यो, ऋणको आकार बढाउँदै लैजान हुँदैन भन्ने हाम्रो निष्कर्ष हो । धेरै अनुदान सहयोग समेत कार्यन्वयन नभएको अवस्थामा अनुदान लिने गरेरमात्र यसलाई अघि बढाउनुपर्छ, अहिले ऋण लिने अवस्था छैन । एडीबी र विश्व बैंकको सहुलियतपूर्ण ऋण लामो समयमा तिर्ने सुविधाको अवस्थासमेत हामीले उपयोग गर्न सकेका छैनौं भने थप ऋण लिएर विकास निर्माण अघि बढाउन सकिन्न ।’

डा. महत परराष्ट्रमन्त्री भएका बेला सन् २०१७ मा उनले नै बीआरआई परियोजनामा नेपालको तर्फबाट हस्ताक्षर गरेका थिए । पछिल्लो समय बीआरआई कार्यन्वयनमा चीनले दबाब दिइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर