फ्रान्सेली राष्ट्रपतिको गठबन्धन २१ प्रतिशत मत ल्याएर संसदीय चुनावमा तेस्रो स्थानमा – Nepal Press

फ्रान्सेली राष्ट्रपतिको गठबन्धन २१ प्रतिशत मत ल्याएर संसदीय चुनावमा तेस्रो स्थानमा

काठमाडौँ । फ्रान्समा हिजो भएको संसदीय निर्वाचनमा राष्ट्रपति इम्यानुएल म्याक्रोनको गठबन्धन तेस्रो भएको छ । फ्रान्सेली विशव च्यानल फ्रान्स २४ का अनुसार म्याक्रोनको गठबन्धन तेस्रो हुँदा नेसनल र्‍यालीको गठबन्धन पहिलो भएको छ । फ्रान्स २४ को आँकडा अनुसार नेसनल र्‍यालीको मत प्रतिशत ३३.२, न्यू पपुलर फ्रन्टको २८.१ र म्याक्रोनको गठबन्धन इन्सेम्बलको २१ प्रतिशत मत आएको छ ।

उग्र दक्षिणपन्थी गठबन्धनले पहिलो चरणको चुनावमा पहिलो स्थान हासिल गरेसँगै राष्ट्रपति म्याक्रोनलाई तनाव भएको छ । गत जुन ९ मा संसद बिघटन गरेर चुनाव घोषणा गरेका म्याक्रोनलाई यो ठूलो झड्का भएको बताइएको छ । दुई चरणमा हुने ५७७ सिटको फ्रान्सको दोस्रो चरणको संसदीय चुनाव आगामी हप्ता पछि जुलाई ९ मा हुनेछ ।

अझै तीन वर्ष हाराहारी कार्यकाल बाँकी रहेका कार्यकारी प्रमुख म्याक्रोनलाई आफ्ना नियमकानुन पारित गर्न संसदीय अल्पमतले तनाव दिने भएको हो । धेरैले अहिले नै म्याक्रोनको राजीनामा माग गर्न समेत थालेका छन् ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर