कांग्रेसले भन्यो- सरकार गठनबारे नेतृत्व तहले विभिन्न दलहरुसँग छलफल गरिरहेको छ (भिडिओ) – Nepal Press

कांग्रेसले भन्यो- सरकार गठनबारे नेतृत्व तहले विभिन्न दलहरुसँग छलफल गरिरहेको छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सबैभन्दा ठूलो पार्टीको हैसियतले कांग्रेस सरकारमा गएर सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुरा स्वाभाविक भएको बताएका छन् । यद्यपि आज बसेको पदाधिकारी बैठकमा एमालेसँग मिलेर सरकार गठन गर्नेबारे छलफल नभएको उनले स्पष्ट पारे ।

उनले भने, ‘कांग्रेस सत्तामा जानुपर्छ र नेतृत्व गर्नुपर्छ भन्ने अनौठो कुरा भएन । नेतृत्व तहले विभिन्न दलहरुसँग छलफल गरिरहेको छ । राष्ट्रिय मुद्दामा पनि छलफल भइरहेको छ । हाम्रो लागि मुद्दा ठूलो कुरा हो । सत्ता ठूलो होइन । मुद्दाहरुमा एकरुपता आयो, दीर्घकालीन रुपमा अगाडि जाने परिस्थिति बन्यो भने यो विषयले प्राथमिकता पाउँछ ।’

सबै विषयमा छलफल गरेर एक ठाउँमा उभिने परिस्थिति हुँदा कुरा सरकार गठनको प्रक्रिया अघि बढ्नसक्ने प्रवक्ता महतले बताए ।

उनले थपे, ‘यो विषयमा अहिले नै बोल्नु परिपक्व भइसकेको छैन । विनामुद्दा सरकारमा जान कांग्रेसले प्राथमिकता राख्दैन । दीर्घकालीन रुपमा सरकार चल्ने परिणाममुखी काम गर्न सक्नुपर्ने, संविधान र निर्वाचन पद्धतिले ल्याएको समस्यालाई कम गरेर देशलाई स्थिरता र समृद्धिको लागि एकै ठाउँमा हुन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर